कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सहकारी ऐन २०४८ बमोजिम मिति २०५० साल असोज ३ गते स्थापना भएको ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुकोे जिल्ला स्तरिय छाता संगठन हो । यस संघमा ५२६ वटा प्रारम्भिक संस्थाहरु आवद्ध भैसकेका छन् । स्थापनाकाल देखि नै यस संघले सदस्य संस्थाहरुको विकास र प्रवर्धनका लागि विभिन्न प्रकारका सेवाहरु जस्तै तालिम, शिक्षा, गोष्ठि, अन्तरलगानी लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । ललितपुर जिल्लामा दर्ता भएका ५६९ बचत तथा ऋण सहकारी संस्थामध्ये हाल संघमा महिलाबाट सञ्चालित सहकारी संस्था ३९ र अन्य बचत तथा ऋण सहकारी संस्था ४८७ गरि कुल ५२६ बचत ऋण सहकारी संस्था संघमा आवद् भईसकेक...