सहकारीमा कर व्यवस्थापन विषयक तालिम
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को आयोजना एवं आन्तरिक राजश्व कार्यालय ललितपुर – २ को प्राविधिक सहयोगमा गत २०८२ जेष्ठ २९ गते आन्तरिक राजश्व कार्यालय ललितपुर – २ को सभा कक्षमा १ दिने सहकारीमा कर व्यवस्थापन विषयक तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको लेखा शाखा तथा व्यवस्थापनमा बसेर काम गर्ने व्यवस्थापक, लेखा अधिकृत, लेखा सुपरीवेक्षण समिति एवं कर्मचारीलाई कर सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो ।
तालिमको उद्घाटनको अवसरमा वचत संघका अध्यक्ष रामहरि बजगाईले सहकारी क्षेत्र वृद्धि र स्थायित्वको मार्गमा अग्रसर रहँदा कर सम्बन्धी ज्ञान र अनुपालन व्यवस्थापनले खास भूमिका खेल्ने बताउनु भएको थियो । त्यसै गरी यस तालिमले त्यसै आवश्यकता पूर्ति गर्दै, हाम्रो सहकारी संस्था तथा कर्मचारीहरूलाई करसम्बन्धी समसामयिक सिद्धान्त, नीति–नियम तथा व्यवहारिक कार्यविधि आत्मसात् गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । अन्त्यमा, आफ्नो संस्थामा भएका करसम्बन्धी चुनौती, अभ्यास र प्रश्न–जिज्ञासा खुलस्त रूपमा राख्न समेत आग्रह गर्नुभएको थियो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो ।
उक्त १ दिने तालिमको प्रशिक्षक राजश्व कार्यालयका कर अधिकृतले सहजीकरण गर्नुभएको थियो । तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट ३४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
सूचनाहरू 