बचत संघद्वारा तीजको अवसरमा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजना तथा महिला उपसमितिको संयोजनमा नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम लगनखेल स्थित साझा पार्टी प्यालेसमा २०८१ भाद्र १८ गते मंगलबार वचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवं वागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता तथा ललितपुर महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यको विशेष आतिथ्यतामा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री प्रेमभक्त महर्जनले पछिल्लो समय महिलाप्रति सामाजिक दृष्टिकोण विकसित हुँदै गए पनि नेपालको संविधानले प्रत्याभूत गरेका महिला अधिकारको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । त्यस्तै पुरुषहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सूचनामा सूसूचित भई रहेको तर महिलाहरु नियमित कामधन्दामा मात्र सिमित रहेको देखिएकोले महिलाहरु पनि हरेक क्षेत्रको जानकारी लिनुपर्ने र तीज मनाउँदा महिला सशक्तीकरणको सन्देश दिनुपर्नेमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
सोही अवसरमा विशेष अतिथि मञ्जली शाक्य बज्राचार्यले अहिले समाजमा धेरै परिवर्तन भएका छन् । महिलाको अवस्था पहिलेको जस्तो छैन । अहिले नेपालको संविधान र कानूनमा महिला अधिकारका लागि धेरै प्रावधान छन् । तीजले परम्परागत र सांस्कृतिक महत्व पनि बोकेको बताएका छन् । तीज हिन्दू महिला र नेपाली भूभागमा मात्र सीमित छैन, यसले अन्य समुदायका मानिसलाई पनि आकर्षित गर्छ । यसले राष्ट्रिय पर्वको दर्जा प्राप्त गरेको छ । पछिल्लो समय छठ र तीज राष्ट्रिय पर्वका रुपमा स्थापित भएको धारणा व्यक्त गरेकी थिइन् । त्यसैगरी, नेपालको मौलिकता कायम राख्ने माध्यम संस्कृति र पर्व भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनका अनुसार तीज पर्वलाई महिलाको स्वतन्त्रतासँग जोड्न सके सामाजिक परिवर्तनमा टेवा पुग्नेछ । तीज महिला स्वतन्त्रताको प्रतीक भएकाले यसले लोकतन्त्रमा योगदान पु¥याउँछ । चाडपर्वले नागरिकलाई सक्षम बनाउने बज्राचार्यको भनाइ छ ।
उक्त कार्यक्रमलाई महिला उप–समितिका संयोजक एवं सञ्चालक सरिता अवालेले सञ्चालन गरेका थिए भने विभिन्न सदस्य संस्थाबाट प्रतिनिधित्व गर्दै १३० जना महिलाहरुको उपस्थिति रहेको थियो ।
सूचनाहरू 