कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा गत २०८१ माघ ११ र १२ गते, होटल मोनालिसा काठमाडौं प्रा.लि., तारकेश्वरमा २ दिने क्षमता अभिृद्धि तालिम सम्पन्न भएको छ । 
तालिमको मूख्य उद्देश्य सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा कर्मचारीहरुको सक्षमता अभिवृद्धि गरी वर्तमान परिस्थितिसँग सामना गर्दै सहकारी संस्था विकासको क्षेत्र र सुधारका लागि योजना सहित संचालक समिति, लेखा सुपरीवेक्षण समितिको क्षमताको विकास गर्नु तथा संस्थागत विकासको लागि कर्मचारीहरुलाई सक्षम बनाउन मद्दत गर्नुरहेको थियो । 
तालिमको उद्घाटनको अवसरमा वचत संघका अध्यक्ष रामहरि बजगाईले संघ सुशासनमा सञ्चालन हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । सहकारी संघ संस्थामा लेखा सुपरिवेक्षण समितिले सक्रियताका साथ कार्य गरी सञ्चालक समितिलाई सही मार्गमा हिँडाउनुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी सहकारीहरुमा सुशासन कायम गर्न र संघको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उक्त तालिमको अपेक्षित परिणाम संघका सञ्चालक समिति, लेखासुपरीवेक्षण समिति तथा व्यवस्थापमा कार्यरत कर्मचारीहरुको क्षमता एवं दक्षता अभिवृद्धि गर्दै संघलाई दिगो र सुरक्षित निर्माणको लागि तालिमका सत्रहरु केन्द्रीत रहेको थियो । उक्त २ दिने तालिमको प्रशिक्षकद्वय अनिलवीर बज्राचार्य र तेजप्रसाद बजगाईले सहजीकरण गर्नुभएको थियो भने संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । तालिममा संघका सञ्चालक समिति, लेखा सपुरीवेक्षण समिति, उप–समितिका सह–संयोजक तथा कर्मचारीहरु सहित ३० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।