कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

कर्जा जोखिम व्यवस्थापन तालिम

ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा गत २०८२ असार ०५ र ०६ गते २ दिने कर्जा जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको कर्जा शाखा तथा व्यवस्थापनमा बसेर काम गर्ने व्यवस्थापक, सञ्चालक समिति, कर्जा उपसमिति एवं कर्मचारीलाई कर्जा सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो । 
तालिमको उद्घाटनको अवसरमा वचत संघका अध्यक्ष रामहरि बजगाईले वर्तमान आर्थिक परिप्रेक्ष्यमा सञ्चित निक्षेप तथा ऋण सहकारी संस्थाहरूको वित्तीय स्थिरता र दीर्घकालीन विकासका लागि कर्जा जोखिम व्यवस्थापन अति आवश्यक रहेको छ । यस तालिमले त्यही आवश्यकता पूर्ति गर्दै, हाम्रो संगठनका सञ्चालक समिति, लेखा–सुपरिवेक्षण समिति र व्यवस्थापन टोलीका सदस्यहरूलाई समसामयिक सिद्धान्त, प्रविधि तथा व्यवहारिक उपायहरू सिकाउने उत्कृष्ट अवसर प्रदान गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो । 
उक्त २ दिने तालिमको प्रशिक्षक सिए राजकुमार फुयालले सहजीकरण गर्नुभएको थियो । तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।