कर्जा जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०८१ मंसिर २३ र २४ गते २ दिने कर्जा जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको कर्जा शाखा तथा व्यवस्थापनमा बसेर काम गर्ने व्यवस्थापक, सञ्चालक समिति, कर्जा समिति एवं कर्मचारीलाई कर्जा सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो ।
तालिमको उद्घाटनको अवसरमा वचत संघका सचिव श्यामकृष्ण महर्जनले संस्थाको कर्जा सम्बन्धि कार्यलाई व्यवस्थित तथा सुशासनमा चलाउन तथा साख जोगाउन व्यवस्थापनको उच्च जिम्मेवारी रहने साथै महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभएको थियो । त्यस्तै गरी संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी संस्थाहरु खासगरी वित्तीय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो ।
उक्त २ दिने तालिमको कुवेर निरौलाले सहजीकरण गर्नुभएको थियो । मंसिर महिनामा संचालित उक्त तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
सूचनाहरू 