अध्यक्षको सन्देश
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. २०५० सालमा स्थापना भई जिल्ला भित्र बचत तथा ऋणको कारोबार मार्फत संस्थाले सदस्य मार्फत सामाजिक, आर्थिक, साँस्कृतिक उद्देश्य पूरा गर्न स्थापना भई संचालनमा रहेका सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन तथा सम्बद्र्धन गर्दै सहकारी मूल्य, मान्यता, आर्दश र सिद्धान्तलाई अनुशरण गरी सहकारी पद्दती मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गरी एउटा सम्वृद्ध समाजको निमार्णका लागि क्रियाशिल संघ हो । संचालनमा रहेका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवर्द्धन तथा सहकारी मैत्री नीति निर्माणका सवालमा पैरवी र पहलकदमी गर्दै सहकारी अभियानमा एउटा अब्बल संघ रहेको व्यहोरा सर्वविधितै छ ।
आफ्ना सदस्य संस्थाहरुलाई सबल, सक्षम र आधुनिक बनाउनको लागि यस संघले निरन्तर रुपमा सहकारी शिक्षा, तालिम तथा विभिन्न खाले शैक्षिक भ्रमणहरुको आयोजना गरिरहेको छ । संस्थाहरुलाई आवश्यक परेको बेलामा जस्तोसुकै सहयोग गर्न संघ तत्पर छ । सदस्य संस्थाहरुमा योजनाबद्ध ढंगले नियमित अनुगमन गरी आवश्यकता अनुसार रचनात्मक सल्लाह तथा सुझाव दिई संघले अभिभावकको भूमिका निर्वाह गरिरहेको छ ।
यस संघले ललितपुर जिल्ला भित्र रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको हितमा हुने गरी संस्था सञ्चालन गर्न मार्गनिर्देशन दिने, सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठीहरु आयोजना गरी सहकारी संस्थाहरको संख्यात्मक भन्दा पनि गुणात्मक विकास गर्न जोड दिंदै आएको छ । दिगो विकास लक्ष्य अनुरुप संयुक्त राष्ट्र संघले तय गरेका लक्ष्यहरुलाई पूरा गर्न संघ क्रियाशिल रहेको छ ।
संघको आधार नै जिल्लाभरका प्रारम्भिक संस्थाहरु हुन् र संस्थाहरुको क्षमतामा आवश्यक विकास गरी समुदायमा आधारित प्रतिस्पर्धी वित्तीय सहकारी संस्थाहरु निर्माण गरी समाजका सबै वर्गहरुको लागि वित्तीय पहुँच अत्यावश्यक छ र यसको विकल्प सहकारी संस्थाहरु नै हो भन्ने सन्देश लिएर जानुपर्ने आजको आवश्यकता हो । यसको वाहक भनेको समुदायमा प्रभावकारी वित्तीय सेवा संचालन नै प्रमुख विषय हो । प्रभावकारी वित्तीय सेवा संचालन गर्नका लागि सक्षम मानवीय श्रोतको विकास गर्नु, प्राविधिक संस्कारको विकास गर्नु, संस्थागत पहिचानको निर्माण गर्नु, विधिको आधारमा संस्था संचालन गर्नु, योजनाबद्ध ढंगबाट संस्थाका गतिविधि संचालन गर्नु, दक्ष र सक्षम कर्मचारी तथा सचेत संचालक समितिको निर्माण गर्नु नै संघको लक्ष्य रहेको छ । यसैमा आधारित भएर आफ्ना सदस्य संस्थाहरुलाई दिगो र गुणस्तर बनाउन संघ क्रियाशिल रहेको छ ।