कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

सम्पत्ति शुद्धीकरण निवारणको प्रयोगात्मक तालिम

सम्पत्ति शुद्धीकरण निवारणको प्रयोगात्मक तालिम
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा गत २०८२ जेष्ठ ७ र ८ गते २ दिने सम्पत्ति शुद्धीकरण निवारणको प्रयोगात्मक तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको लेखा शाखा, सो सम्बन्धी कार्य गर्ने कम्पालयन्स अफिसर तथा व्यवस्थापनमा बसेर काम गर्ने व्यवस्थापक, लेखापाल एवं कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण (goAML) सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो । 
तालिमको उद्घाटनको अवसरमा वचत संघका अध्यक्ष रामहरि बजगाईले वाणिज्य विभाग अनुसार आ.व. २०७८ र ७९ को सुरुवातदेखि नै आफ्ना सदस्यहरूबाट रु १० करोडभन्दा बढी निक्षेप संकलन गर्ने सहकारी संस्थाहरूलाई (goAML) नामक एंटी–मनि लन्डरिङ सफ्टवेयर स्थापना गर्न आग्रह गरे अनुरुप नयाँ नियम लागू भएसँगै, यस्ता सहकारी संस्थाहरूले अब नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय सूचना इकाई (FIU) मा Threshold Transactions Report (TTR) र Suspicious Transactions Report (STR) नियमित रूपमा पेश गर्नुपर्ने भएकोले (goAML) मा हुने रिपोर्टिङ्गले देशको छवी सकारात्मक बनाउन मद्दत गर्ने हुँदा अब ढिला नगरी पूर्णतः (goAML) बाट मात्र रिपोर्टिङ्ग गर्नुपर्ने बताउनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो । उक्त कार्यक्रमको सैद्धान्तिक सत्रमा प्रशिक्षक कुवेर निरौला र प्राविधिक सत्रमा वचत संघका लेखा तथा प्रशासनिक अधिकृत एवं कम्पालयन्स अफिसर सुदेश घिमिरेले सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई goAML Software सञ्चालन सम्बन्धी प्रस्तुती दिनुभएको थियो । तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट ३१ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।