कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

सन्तोष बजगाईं

प्रमुख कार्यकारी अधिकृत

प्रमुख कार्यकारी अधिकृतको सन्देश

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को परिकल्पना र ध्येयलाई पूरा गर्न तथा आफ्ना सदस्य संस्थाहरुको प्रवर्द्धन, संस्थागत विकास, आवद्ध संस्थाहरुको क्षमता अभिवृद्धि गर्न निरन्तर लागि परेको छ । ललितपुर जिल्लाका सहकारीहरुको छाता संघको रुपमा स्थापित संघले आफ्ना सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य अनुरुप विभिन्न प्रकारका तालिम, गोष्ठी, सेमिनार, अन्तरक्रिया तथा नमुना सहकारी भ्रमण जस्ता कार्यक्रमहरुको आयोजनालाई प्राथमिकतालाई राखी अगाडी बढेको छ । 
    सिमित श्रोत र साधनको अधिकतम उपयोग गरी संघले आफ्नो निदिष्ट उद्देश्यका साथ कार्य गर्दै आएको छ । संघले समयानुकाल प्रविधिको प्रयोग गरी सदस्यहरुमा गुणस्तरीय सेवा प्रदान गरी आफ्ना सदस्य संस्थाहरुलाई वित्तीय सेवा मार्फत बचत संकलन गरी पूँजी अभाव भएका सहकारी संस्थाहरलाई कम व्याजदरमा पूँजी उपलब्ध गराई व्यावसायिक बनाउने र वित्तीय आत्मनिर्भर गराउने तथा गैर वित्तीय सेवा मार्फत संस्थाहरुको आवश्यकताको आधारमा विभिन्न खाले तालिम प्रदान गर्दै आवद्ध संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने जस्ता योजना अगाडी बढाएको छ । ललितपुर जिल्लाका बचत तथा ऋण सहकारीहरुको सहभागीतामा स्थापना भएको संघले सदस्य संस्थाहरुको वित्तीय तथा व्यावसायिक तालिम तथा परामर्शको काम गर्दै आएको छ । 
    जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवर्द्धन तथा सम्वद्धर्नका लागि संस्थाहरुबीच सहकार्य र समन्वय गर्दै उल्लेखनिय भूमिका निर्वाह गरेवापत राष्ट्रिय सहकारी महासंघ नेपाल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ र ललितपुर जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मान गरिसकेको छ । संघ ललितपुर जिल्लाका बचत तथा ऋण सहकारीहरुको भरोसा योग्य सहयात्रीका रुपमा विकास हुँदै आएको परिप्रेक्षमा संघको स्थापना कालखण्डदेखि हातेमालो गर्नुहुने नेपाल सरकार, विभिन्न राष्ट्रिय एवं अन्र्तराष्ट्रिय निकायहरु, सदस्यहरु तथा अन्य सरोकारवाला निकाहरुमा आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा गर्दछु ।