कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

वचत

वचत

१. विशेष बचत
विशेष बचत खाता न्यूनतम रु. १,००,०००/– मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरिन्छ । त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
२. नियमित बचत
यस बचत खातमा मासिक रुपमा रु. ५००/– रु. १,०००/– र रु. २,०००/– वा सो भन्दा माथिको दरले नियमित रुपमा रकम जम्मा गर्न सकिन्छ । यस बचत खातामा चेक जारी गरिने छैन । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । नियमित वचत जम्मा गरेको संस्थाले फिर्ता लिन चाहेमा सञ्चालकको निर्णय पछि कुल जम्मा भएको ५० प्रतिशत भुक्तानी दिइने छ । यदि संघबाट सदस्यता फिर्ता लिएको खण्डमा सम्पूर्ण रकम भुक्तानी गरिने छ ।
३. मुद्धती/आवधिक वचत
संघमा आवद्ध संस्थाहरुले मुद्धती/आवधिक बचत खाता ३ महिने, ६ महिने र १ वर्षको खोल्न सक्ने छ । यो मुद्धती खाता रु. १,००,०००/– देखि जति पनि रकममा संचालन गर्न सकिन्छ । यस मुद्धती समय अवधि आधारमा ब्याजदर फरक रहने छ । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । कर्जाको म्याद निक्षेपको समय अवधि भन्दा अगावै समाप्त हुने गरी कायम गरिने छ । यस निक्षेपमा दिईने कर्जाको ब्याजदर सम्बन्धित बचतको व्याज दरमा २ प्रतिशत थप हुनेछ । यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
४. दैनिक बचत
दैनिक बचत खाता न्यूनतम रु. ५,०००/– मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरिन्छ । त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
५. क्रेडिट युनियन बचत
क्रेडिट युनियन बचत खाता न्यूनतम रु. ५०,०००/– मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरिन्छ । त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ ।
नोटः संबै किसिमको बचत खाताको संचालनका लागि संस्थाको निर्णयबाट तोकिए बमोजिम कम्तीमा दुई जना संस्थाका पदाधिकारीको संयूक्त दस्तखत अनिवार्य हुनेछ ।