कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

कर्जा

कर्जा

१. मासिक किस्तावन्दी कर्जा
सहकारी संस्थाको अल्पकालिन व्यवसायिक कारोवार संचालनार्थ र संचालित कारोवार अभिवृद्धि गर्न यस प्रकारको कर्जा उपलब्ध गराइनेछ । विशेषगरी संस्थामा आवद्ध सदस्यहरुको अल्पकालिन व्यापार व्यवसायको क्षेत्रलाई लक्षित गरी यस प्रकारको कर्जा प्रवाह गरिनेछ । यस किसिमको कर्जा १ वर्षदेखि बढीमा ५ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक रुपमा सांवा र ब्याज बुझाउनु पर्नेछ । 
२. सहकारी व्यवस्थापन कर्जा
यस प्रकारको कर्जा धितो राखी संघमा कर्जाको कारोबार गर्ने सहकारी संस्थाहरुको लागि लागू हुनेछ । संस्था संचालन गर्ने क्रममा भएका र हुने संभावित जोखिम एवम् आवश्यकताहरुलाई तत्कालै पूँजीको अभाव भएका, पुँजीकोष ऋणात्मक भएका, जोखिम भारित सम्पत्ति प्रभावकारी नभएका कारण दैनिक कार्य संचालन गर्न कठिनाई भई संस्था संचालनका न्यूनतम आधारभुत आवश्यकता परिपुर्ति गर्न असहज परिस्थिति सिर्जना भएका संघ संस्थाहरुको लागि मात्र यो व्यवस्था लागु हुनेछ । यस किसिमको कर्जा १ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक रुपमा सांवा र ब्याज बुझाउनु पर्नेछ ।
३. लघु कर्जा
संघमा आवद्ध महिलाद्वारा संचालित सहकारी संस्थाहरुलाई विना धितो लघुवित्त कर्जा बढीमा रु. १०,००,०००/– सम्म प्रवाह गरिने छ । यस किसिमको कर्जा १ वर्षदेखि बढीमा ३ वर्षसम्म अवधिको लागि प्रवाह हुनेछ । कर्जाको मासिक रुपमा सांवा र ब्याज बुझाउनु पर्नेछ ।
४. अल्पकालीन/तरलता व्यवस्थापन कर्जा
यस प्रकारको कर्जा धितो राखी संघमा कर्जाको कारोबार गर्ने सहकारी संस्थाहरुको लागि लागू हुनेछ । कर्जा संस्थाको अल्पकालिन तरलता ब्यवस्थापनको लागि दिइन्छ । यस प्रकारको कर्जा बढिमा ६ महिनासम्मको लागि उपलब्ध गराउन सकिने छ । कर्जाको मासिक रुपमा सांवा र ब्याज बुझाउनु पर्नेछ ।
५. मुद्दती/निक्षेप कर्जा
सदस्य सहकारी संस्थाको बचत/निक्षेप/मुद्दती खातामा रहेको मौज्दात रोक्का गरी सो मौज्दातको ९० प्रतिशत सम्म कर्जा प्रदान गरिने छ । यस प्रकारको कर्जामा थप २ प्रतिशत ब्याज भुक्तानी गर्नुपर्दछ ।