पर्ल्स तालिम
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा पल्र्स तालिम सम्पन्न भएको छ । सहकारीको लेखा व्यवस्थापनका लागि आवश्यक पर्ल्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास गरी त्यसको आधारमा संस्थाहरुले संस्थाको व्यवसायिक योजना तथा पोलिसी निर्माण गर्ने आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको थियो ।
तालिममा ललितपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागी अधिकांश प्रशिक्षार्थीहरुले तालिमबाट आफ्नो संस्थाले पर्ल्स अनुसार हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र संस्थाको व्यवसायिक योजना तथा संस्थाको लागि आवश्यक विभिन्न योजना निर्माण गर्नको लागि सहयोगी हुने अपेक्षा गरेका थिए ।
तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरी बजगाईले सहकारी संस्थाहरुमा पर्ल्सलाई अनिवार्य लागू गरी सहि तरिकाबाट लेखा राखी पर्ल्स प्रणालीलाई संस्थागत विकासको आधारको रुपमा लिदैँ यसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
संघका शिक्षा तालिम उपसमिति संयोजक करुणारत्न बज्राचार्यले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पर्ल्सको महत्वलाई सबैले अंगिकार गर्दै सबै सहकारी संस्थाहरुले अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्नुपर्ने बताउनुभयो । गत भाद्र २९ र ३० गते सञ्चालित तालिमलाई प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।
सूचनाहरू 