हार्दिक बधाई तथा शुभकामना कार्यक्रम २०७९
जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको ३० औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समिति एवं लेखा सुपरीवेक्षण समितिहरुलाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०७९ वैशाख ०४ गते आइतबार, थासाङ्ग घर, मानभवनमा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा एवं वागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रमको सञ्चालन सचिव श्यामकृष्ण मर्हजनले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए । संघका अध्यक्ष श्री रामहरि बजगाईंले कार्यक्रममा बोल्दै सहकारी अभियानमा देखिएका विकृत्तिहरुलाई चिर्न विषयगत संघहरु एकजुट भएर लाग्नु पर्ने धारण राख्दै नव निर्वाचित जिल्ला सहकारी संघ लिमिटेडका सम्पूर्ण सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वागमति प्रदेश सहकारी संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामशरण शर्मा घिमिरेले सहकारी क्षेत्रलाई अझ माथि लैजान विषयगत संघ÷संस्थाहरुसँग सहकार्य गर्दै अनुगमन कार्यलाई अझ प्रभावकारी ढङ्गबाट लैजानुपर्ने भनाई व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका नवनिर्वाचित अध्यक्ष केदार गोर्खालीले वचत संघले आयोजना गरेको उक्त कार्यक्रमले नवनिर्वाचित सञ्चालक समितिहरुलाई थप हौसला तथा सहकारी अभियानमा सशक्त भएर लाग्न प्रेरित गरेको भन्दै वचत संघ परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका सम्पूर्ण सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, वचत संघका सल्लाहकार, सञ्चालक एवं लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरु सहित ५० जनाको उपस्थिति रहेको थियो ।
सूचनाहरू 