संघको चौथो ललितपुर साकोस समिट २०७८
ललितपुर जिल्ला बचत संघको आयोजनामा ललितपुरको गोदावरीमा रहेको होटल भ्यू भृकुटीमा मंसिर ८, ९ र १० गते “ललितपुर चौथो साकोस समिट ०७८” सम्पन्न भयो । तीन दिनसम्म सञ्चालन भएको समिटमा ललितपुर जिल्लाका २ सय सहकारीकर्मीको उपस्थिति थियो । उद्घाटन सत्रमा उपराष्ट्रपति नन्दबहादुर पुन, उर्जा, जलस्रो तथा सिँचाई मन्त्री पम्फा भुसाल, सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा, अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, केन्द्रीय संघका प्रतिनिधिहरु, ललितपुरका ६ वटै स्थानीय तहका जनप्रतिनिधि र सहकारी शाखाका प्रतिनिधिको उपस्थिति थियो । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामकृष्ण मर्हजनले गर्नुभयो । वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत तथा महिला उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा दर्जन बढी कार्यपत्र प्रस्तुत भएका थिए । तीनदिनसम्म सञ्चालन भएको साकोस समिटमा पहिलो दिन राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बगगाई, पूर्व सचिव गोपीनाथ मैनाली, पूर्व राजदूत महेश दाहालले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै दोस्रो दिन अर्थ मन्त्रालयका निर्देशक हरिकुमार नेपाल, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, मनोक्रान्ती अभियान्ता डा. योगी विकासानन्द, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्यामकुमार महतोले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै तेस्रो दिन नेफ्स्कूनका प्रमुख प्रशासकीय अधिकृत सञ्जयराज तिमल्सिना, सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी, बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामा, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले प्रशिक्षण दिनुभयो । कार्यपत्र समापनपछि पहिलो दिन राष्ट्रिय कलाकार सुनिता दुलाल र दोस्रो दिन कमेडियन मनोज गजुरेलले प्रस्तुती दिनुभयो ।
त्यस्तै समापन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रदेश सांसदहरु, जिल्लास्तरका नेताहरुको उपस्थिति थियो । चौथो साकोस समिटले ११ बुँदे घोषणापत्र जारी गरी समापन भएको थियो ।
सूचनाहरू 