दुई दिने वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण तालिम
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा दुई दिने वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । गत श्रावण २१ र २२ गते सञ्चालित तालिममा सहकारीका योजनाका निर्माणका विषयलाई समेटिएको थियो ।
संस्थाहरुलाई वार्षिक योजना के हो ? वार्षिक योजना किन गरिन्छ ? वार्षिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् जस्ता विषय समेटिएको संघका व्यवस्थापक सन्तोष बजागाईले जानकारी दिनुभयो । तालिममा रणनीतिक योजनाको कार्य ढाँचा, बजेट बनाउनु पूर्व विचार पु¥याउनुपर्ने विषयहरु तथा वार्षिक योजना र बजेटको सम्बन्ध आदि कुराहरुलाई समावेश गरिएको बजगाईको भनाई थियो । बजगाईका अनुसार सहकारी संस्थाहरुले वार्षिक बजेट बनाउँदा व्यवसायको आकार हेरी श्रोतको पहिचान गर्दै बजेट बनाउँदा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम केन्द्रित रहेको थियो । तालिममा सहभागी अधिकांश सहभागीहरुले नयाँ आर्थिक वर्षको शरुवातमै आयोजना गरिएको तालिमबाट धेरै कुराहरु सिक्ने अवसर पाएको प्रशिक्षक अनिलविर बज्राचार्यले जानकारी दिनुभयो । बज्राचार्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेमा संस्थाले अपेक्षाकृत रुपमा तय गरिएका बार्षिक नीति तथा कार्यक्रम सजिलै सम्पन्न गर्न सक्ने बताउनुभयो ।
तालिमको समापन समारोहमा सम्बोधन गर्दै संघका अध्यक्ष बजगाईले संघकै पहलमा संस्थाहरुलाई आवश्यक पर्ने लेखा व्यवस्थापन, पल्र्स अनुगमन विधि, व्यवस्थापक क्षमता अभिवृद्धि तथा कर लगायतका विभिन्न विषयहरु समेटेर तालिमहरु संचालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि थुपै्र विषयबस्तुहरुमा तालिमहरु सञ्चालन गरिने भाव व्यक्त गर्नुभयो । तालिममा सहभागीले सिकेका कुराहरुलाई आफ्नो संस्थामा लागू गरी आगामी दिनमा अनुमानको भरमा बजेट तयार नगरी संस्थाको श्रोतको पहिचान गर्दै सूचकहरुको प्रयोग गरी वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण गरी स्वस्थ संस्था बनाउनुपर्नेमा उहाँको जोड थियो ।
सूचनाहरू 