कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

बचत संघको २९औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २९ औं स्थापना दिवसको अवसरमा सुझाव संकलन, धन्यवाद ज्ञापन, तरलता व्यवस्थापन सम्बन्धि अन्तरक्रिया साथै विजया दमशी २०७९ को शुभकामना आदान–प्रदान कार्यक्रम गरेर सम्पन्न भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको यो संघ ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ हो । संघका अध्यक्ष श्री रामहरि बजगाईज्यूको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका वरिष्ठ उपाध्यक्ष श्री ओमदेवी मल्लज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम वचत संघका सचिव श्री श्यामकृष्ण महर्जनले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य वचत संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले राखेका थिए भने उक्त कार्यक्रममा विषयगत संघका अध्यक्षज्यूहरु, पूर्व अध्यक्ष एवं संचालकज्यूरु, सल्लाहकाज्यूहरु, विभिन्न उपसमिति सदस्यहरु तथा संघमा आवद्ध सहकारी संस्थाका पदाधिकारीज्यूहरुको उपस्तिथिमा संघले तय गरेका लक्ष्यहरुकोबारे छलफल गरी सुझाव लिइएको थियो ।
स्थापना दिवसको अवसरमा प्रतिवद्धता जाहेर गर्दै ‘दिगो साकोस मार्फत सम्बृद्ध समाज निमार्ण’ परिकल्पनाका साथ अघि बढेको संघ संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघका अध्यक्ष रामहरि बजगाईले बताए । संघ वित्तिय सुशासनसहित गुणस्तरीयता कायम गराउन समेत सदैव प्रतिवद्ध रहेको उनले बताए । बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धन तथा संवद्र्धनका लागि संस्थाहरु बीच सहकार्य र समन्वय गर्दै संघ अघि बढ्ने प्रतिवद्धता उनले ब्यक्त गरेका छन् । 
उक्त अवसरमा संघको निर्वाचन सहितको २८ औँ वार्षिक साधारण सभामा निस्पक्षीय, र्निविवाद ढंगले निर्वाचन कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन समितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जन, सदस्यद्वय चन्द्रलाल डंगोल र तेजप्रसाद बजगाईंले निर्वाह गरेको भूमिकाप्रति धन्यावाद ज्ञापन गर्दै प्रमुख अतिथि ओमदेवी मल्लको हातबाट प्रंशसा पत्र प्रदान गरिएको थियो । त्यसैगरी हाल विद्यमान रहेको तरलता सम्बन्धि समस्याको समाधानको लागि संघका पूर्व सल्लाहकार तथा कार्यक्रमका सहजकर्ता कुमार खत्रीले तरलता व्यवस्थापनमा संस्थाले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
आउँदै गरेको विजया दशमी २०७९ को शुभकामना दिँदै स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष रोहिणी जोशीको हातबाट केक काटी वचत संघका उपाध्यक्ष लक्ष्मी शाक्यले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तिय कारोबार समेत संघले गर्दै आएको छ । असार मसान्तसम्म्म संघको शेयर पुँजी ७ करोड ५० लाख ५२ हजार पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ५९ करोड पुगेको छ ।