कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

बचत संघको २८औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।  ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ को रुपमा २०५० सालमा स्थापित संघले बार्षिक समिक्षासहित आफ्नो स्थापना दिवस मनाएको हो । 
संघका अध्यक्ष रामहरी बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रमा संघका पूर्व अध्यक्ष एवं संचालकहरु, सल्लाहकाहरु तथा विभिन्न उपसमिति सदस्यहरुको उपस्तिथिमा संघले तयार पारेको पञ्चबर्षिय व्यवसायिक योजनाअनुसार तय गरेका लक्ष्यहरुबारे छलफल गरी सुझावसमेत लिईएको छ । 
स्थापना दिवसको अवसरमा प्रतिवद्धता जाहेर गर्दै संघका अध्यक्ष रामहरि बजगाईले ‘दीगो साकोसमार्फत सम्बृद्ध समाज निर्माण’ परिकल्पनाका साथ संघ अघि बढेको बताउनुभयो । सहकारी संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघ वित्तिय सुशासनसहित गुणस्तरीयता कायम गराउनसमेत सदैव प्रतिवद्ध रहेको उहाँको भनाई थियो । बचत तथा ऋण सहकारी संस्थाको प्रवद्र्धन तथा सम्वद्र्धनका लागि संस्थाहरुबीच सहकार्य र समन्वय गर्दै संघ अघि बढ्ने अध्यक्ष बजगाईले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तिय कारोबार समेत संघको गत असार मसान्तसम्म्म शेयर पुँजी ६ करोड १९ लाख पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ९४ करोड पुगेको छ । स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले संघलाई शुभकामना सन्देश व्यक्त गर्नुभएको संघका व्यवस्थापक सन्तोष बजगाईले जानकारी दिनुभयो ।