बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम सम्पन्न
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७८ मंसिर २६ देखि २८ गते सम्म सहकारी सम्बन्धि बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न विषयगत सहकारीहरुबाट २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन तालिम लक्षित थियो ।
हाल बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्वन्ध व्यवस्थापनको आवश्यकता, सहकारी संस्थाहरुमा विद्यमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको बचत संघका व्यवस्थापक सन्तोष बजगाईले बताउनुभयो । तालिम उद्घाटनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन बजार व्यवस्थापनमा उचित ध्यान पुर्याउन सबै सहभागीहरुलाई सुझाव दिनुभयो । सहकारीहरुको बजार व्यवस्थापनमा बजार प्रतिनिधिहरुको महत्वलाई सबैले अंगीकार गर्दै बजार विश्लेषण गरी शेयर सदस्यहरुसंग मात्र कारोबार गर्न सबैलाई आग्रह गर्नुभयो ।
तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थामा शेयर सदस्यहरुसंग मात्र कारोबार गर्ने तथा सदस्य सम्बन्धमा विशेष ध्यान पुर्याउने कुरामा तालिम बताएका छन् । यस तालिमलाई प्रशिक्षक तेज प्रसाद बजगाईले सहजीकरण गर्नुभएको थियो ।
सूचनाहरू 