कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

१११ औँ नारी दिवसमा एकीकरण र सुरक्षित लगानी बिषयमा चर्चा

     १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला संस्थाको एकीकरण र सुरक्षित लगानी विषयमा चर्चा गरिएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा संघको महिला उपसमितिको संयोजनमा संचालित महिला दिवसको अवसरमा सहकारीमा महिला सशक्तीकरण विषयक कार्यक्रममा उक्त चर्चा भएको हो । 
     लगनखेलस्थित साझा पार्टी प्यालेसमा २०७७ फाल्गुन २४ गते सम्पन्न कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार सुरेन्द्रराज पौडेलले महिला संस्थाको एकीकरण र सुरक्षित लगानी विषयमा प्रस्तुती दिनुभएको थियो । पौडेलले महिला सहकारी संस्थाहरु एकीकरणका कानुनी व्यवस्थाहरुबारे प्रकाश पार्दै संस्थाहरुले ऋण लगानी र असुलीका प्रकृयाहरु र त्यस सम्बन्धी कानुनी व्यवस्थाहरुको विषयसमेत प्रस्तुत गर्नुभएको थियो । 
     लाईफ कोच र प्रेरक उषा मल्ल सिंहले सहकारीमा महिला सशक्तिकरण विषयमा प्रस्तुति दिनुभएको थियो । सिंहले आफ्नो कार्यपत्रमा महिलाहरुको सशक्तीकरणको लागि विभिन्न उपायहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट करिब २ सय जनाको सहभागिता रहेको थियो ।