कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

११२औं नारी दिवसको अवसरमा ललितपुर वचत संघको कार्यशाला गोष्ठी

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजना तथा महिला उपसमितिको संयोजनमा ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा एक दिवसीय “सहकारीमा महिला सशक्तिकरण” विषयक कार्यशाला गोष्ठी लगनखेल स्थित साझा पार्टी प्यालेसमा २०७८ फाल्गुन २४ गते मंगलबार सम्पन्न गरेको छ । 
कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” भन्ने नारालाई जोड दिंदै महिलाहरु पनि आजैबाट हरेक क्षेत्रमा समान हैसियतका साथ अघि बढ्नुपर्ने बताए । त्यस्तै पुरुषहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सूचनामा सूसूचित भई रहेको तर महिलाहरु नियमित कामधन्दामा मात्र सिमित रहेको देखिएकोले महिलाहरु पनि हरेक क्षेत्रको जानकारी लिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको दोस्रो सत्रमा कार्यकारी निर्देशक लाईफ कोच र प्रेरक NILD उषा मल्ल सिंहले सहकारीमा महिला सशक्तिकरण विषयमा प्रस्तुती गरेकी थिईन् । ११२औं अन्र्तराष्ट्रिय नारी दिवसको लागि विशेष गरी प्रस्तुत गरिएको दोस्रो सत्रमा महिलाहरुको सशक्तिकरणको लागि विभिन्न उपायहरु सहितको प्रस्तुत गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध संस्थाहरुबाट १८० जनाको सहभागिता रहेको थियो ।