कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

संघको पञ्चवर्षिय व्यावसायीक योजना निर्माण

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले पञ्च वर्षिय व्यावसायीक योजना निर्माण गरिएको छ । कार्यक्रम उद्घाटनमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतिले ललितपुर बचत संघले व्यवसायिक योजना निर्माण गरी क्रियाकलापहरु तय गर्न लागेकोमा यस गोष्ठीबाट तय भएका कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रमहरु सम्पादनमा राष्ट्रिय सहकारी बैंकको सहयोग आवश्यक परेमा बैंक सदैव सहयोग गर्न तत्पर रहेको बताउनुुभयो । वैशाख १८ र १९ गते दुई दिन सम्म सञ्चालन भएको पञ्च वर्षिय योजना गोष्ठी संघले पाँच वर्ष भित्र गरिने क्रियाकलाहरु तथा पाँच वर्षमा संघलाई कुन विन्दुमा पु¥याउने भन्नेमा केन्द्रीत रहेको थियो । संघले यस अघि तय गरेका ध्यय तथा परिकल्पनालाई परिमार्जन गरि सोको आधारमा संघले आफ्नो लक्ष्य तथा उद्देश्यहरु तय गरेको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले यस पञ्च वर्षिय व्यवसायीक गोष्ठीबाट तय गरेका कार्यक्रमहरु तथा योजनाहरुलाई समय सापक्ष रुपमा सम्पन्न गरिदै जाने प्रतिवद्धता व्यक्त गर्दै यसको लागि सञ्चालक समिति, सम्पूर्ण उपसमितिहरु लगायत कर्मचारीहरुले सक्रिय रुपमा भूमिका निर्वाह गर्ने बताउनुभयो । गोष्ठीको सहजिकरण अनिलविर बज्राचार्य र तेज प्रसाद बजगाईले गनुभएको थियो ।