कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

सुरक्षित कर्जा लगानी र असुली प्रक्रियामा कानुनी विषयक तालिम सम्पन्न

ललितपुर महानगरपालिका कार्यालयको आयोजना तथा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को संयोजनमा मिति २०८० फाल्गुण २३ र २४ गते २ दिने सुरक्षित कर्जा लगानी र असुली प्रक्रियामा कानुनी विषयक तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको कर्जा शाखा तथा व्यवस्थापनमा बसेर काम गर्ने व्यवस्थापक, सञ्चालक समिति, कर्जा समिति एवं कर्मचारीलाई कर्जा सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो । 
तालिमको उद्घाटनको अवसरमा ललितपुर महानगरपालिकाका उद्योग तथा सहकारी शाखाका वरिष्ठ अधिकृत चन्द्रलाल डंगोलले संस्थाको कर्जा सम्बन्धि कार्यलाई व्यवस्थित तथा सुशासनमा चलाउन तथा साख जोगाउन व्यवस्थापनको उच्च जिम्मेवारी रहने साथै महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभएको थियो । त्यस्तै गरी संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी संस्थाहरु खासगरी वित्तीय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो । 
उक्त २ दिने तालिमको पहिलो दिन कुवेर निरौला तथा कुमार खत्रीले सहजीकरण गर्नुभएको थियो । फाल्गुन महिनामा संचालित उक्त तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।