पाँचौ ललितपुर साकोस समिट २०८३ सम्पन्न
यस संघको ३३औँ गौरवमय स्थापना दिवसको अवसरमा “दिगो साकोस अभियानः प्रविधि, रूपान्तरण र सुशासन” भन्ने मूल नाराका साथ आयोजित दुई दिवसीय “पाँचौँ ललितपुर साकोस समिट–२०८३” भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ ।
संघका अध्यक्ष श्री रामहरि बजगाईँज्यूको अध्यक्षतामा यही आश्विन २ र ३ गते सञ्चालित उक्त ऐतिहासिक समिटको समुद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री किरण थापा मगरज्यूको प्रमुख आतिथ्यतामा तथा समापन समारोह बागमती प्रदेश सरकारका माननीय उपसभामुख श्री अप्सरा चापागाईँज्यूको प्रमुख आतिथ्यतामा गरिमामय रूपमा सम्पन्न भएको छ ।
समिटमा आमन्त्रण स्वीकार गरी गरिमामय उपस्थिति जनाउनुहुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू तथा अतिथिज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै, समिटलाई ज्ञान, अनुभव र विचार आदान–प्रदानको उच्चस्तरीय साझा मञ्चका रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विषयविज्ञ सहजकर्ताज्यूहरू, नियामक निकायका अधिकारीज्यूहरू, उत्साहजनक सहभागिता जनाउनुहुने प्रतिनिधिज्यूहरू, पूर्व सञ्चालकज्यूहरू, सञ्चालकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरूप्रति उच्च कृतज्ञता सहित हार्दिक आभार प्रकट गर्दछौं । यस समिटले जारी गरिएको ७ बुँदे ललितपुर साझा घोषणापत्र–२०८३ ले सहकारी अभियानलाई सही दिशाबोध गराउन महत्वपूर्ण नीतिगत मार्गदर्शन गर्ने र यसको कार्यान्वयमा सम्पूर्ण सरोकारवाला पक्षहरू प्रतिबद्ध रहने विश्वास लिएका छौं । धन्यवाद ।
सूचनाहरू 