कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

सम्पत्ति शुद्धीकरणसम्बन्धी निःशुल्क तालिम आयोजना

     ललितपुर बचत तथा ऋण सहकारी संघले सम्पत्ति शुद्धीकरण सम्बन्धी निःशुल्क तालिम आयोजना गरेको छ । संघले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सहकारी संघसंस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ कार्यान्वयनको लागि बनाईएको कार्यविधि २०७४ विषयमा तालिम आयोजना गरिएको हो । 
गत जेष्ठ २७ गते संघमा आवद्ध संस्थाहरुलाई उक्त कार्यविधिको विषयमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । 
     तालिममा सहकारी ऐन २०७४ मा परिवर्तन भएका मुख्य मुख्य परिच्छेद तथा सम्पत्ति शुद्धीकरण अन्तर्गत सहकारी संस्थाहरुले राख्नुपर्ने विवरणहरु, अभिलेख व्यवस्थापन, कारबाही तथा सजाय, सूचना अधिकारीबारे विस्तृत रुपमा प्रशिक्षित गरिएको थियो । सहकारी विभागका उपरजिष्ट्रार श्री सुरेन्द्रराज पौडेलले तालिमको सहजीकरण गर्दै वित्तिय कारोबार गर्ने सहकारीहरुले अभिलेख राख्नुपर्ने विभिन्न अनुसूचीहरुबारे सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरी सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।  
     प्रशिक्षार्थीहरुले थेरैजसो सहकारी संस्थाहरुमा सम्पत्ति शुद्धीकरण अन्तर्गत राख्नुपर्ने अभिलेखहरु नराखी कारोबार गरिरहेको सन्दर्भमा तालिमपश्चात् आफ्ना संस्थाहरुमा आवश्यक अभिलेख राखी कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।