हार्दिक बधाई तथा शुभकामना कार्यक्रम
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०७८ फाल्गुन ११ गते बुधबार, वचत संघको तालिम हलमा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामकृष्ण मर्हजनले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए । संघका अध्यक्ष श्री रामहरि बजगाईंले कार्यक्रममा बोल्दै सहकारी अभियानलाई सुदृढ बनाउन तथा संस्थागत सुशासन कायम गरी सहकारी संघ/संस्था संचालनमा विद्यमान ऐन कानुन सहकारी मैत्री राख्नका निमित्त सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप अगाडी बढाउन नव नियुक्त राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा सहकारी विभागका रजिष्ट्रारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका व्यवस्थापक श्री सन्तोष बजगाईंले संघको इतिहास, संघले संचालन गरेका विभिन्न गतिविधिहरु तथा सेवाकेन्द्र संचालन सम्बन्धि विषयहरुमा प्रस्तुति गरेका थिए । कार्यक्रममा बोल्दै सहकारी विकास बोर्डका सह–अध्यक्ष श्री मित्रराज दवाडीले सहकारी विकास बोर्ड हिजोको दिनमा निष्कृय रहेता पनि आजको दिनमा संस्था सुशासन तथा प्राविधिक विषयमा जोड दिने उद्देश्यले नीति तथा कार्यक्रम तय भएको बताए । विकास बोर्डको काम भनेको नै सहकारी मैत्री नीति निर्माणको खाँका तयार गरी सम्बन्धित निकायमा सुझाव पेश गर्नु भएकोले सहकारी संघ/संस्थाहरुलाई आवश्यक सुझावहरु दिन साथै सहकारी संघ/संस्थाहरुलाई कुनै प्रकारको सहयोग आवश्यक परे विकास बोर्डमा सम्र्पक गर्न आग्रह समेत आग्रह गरे । त्यस्तै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागका नवनियुक्त रजिष्ट्रार श्री रुद्रप्रसाद पण्डितले हाल सबैभन्दा ठूलो समस्या सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) मा देखिएकोले सम्बन्धित सबै पक्षहरुसँग छलफल गरी सो समस्याको समाधान गर्न विभिन्न उपायहरु खोजी चाँडै नै समाधान हुने बताए । ललितपुर जिल्ला वचत संघको सम्पूर्ण क्रियाकलापहरुलाई हेर्दा तारिफ गर्न योग्य रहेको र अझै अगाडि बढ्न शुभकामना दिएका थिए ।
सूचनाहरू 