कोभिड विरुद्धको खोपमा संघको पहल
कोरोना भाइरस अर्थात् कोभिड १९ नियन्त्रणका लागि खोप कार्यक्रम संचालनका लागि ललितपुर बचत तथा ऋण सहकारी संघले पहल गरेको छ । विश्वव्यापी रूपमा फैलिएको उक्त भाइरसद्वारा सिर्जित महामारीलाई न्यूनीकरण गर्नका संघले अग्रपंक्तिमा रही कार्य गर्ने सहकारीका संचालक तथा कर्मचारीलाई खोप प्रदान गर्न पहल गरेको हो । संघले ललितपुर महानगरपालिका अन्र्तगत सहकारी महाशाखाको समन्वयमा गत श्रावण १८ गते ललितपुर महानगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुको अग्रपंक्तिमा रही गर्ने सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरु लगायतलाई कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन तथा भेरोसेल खोप लगाउनको पहल गरेको हो । संघले खोप लगाउनका लागि सम्बन्धित व्यक्तिहरुको नाम दर्ता गरी सेवा लिनका लागि अनुरोध गर्दै प्रचारसमेत गरेको थियो ।
सूचनाहरू 