आधारभूत सहकारी व्यवस्थापन तालिम सम्पन्न
वागमति प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोग एवं ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०८० चैत्र १८ देखि २३ गतेसम्म, ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम सावा क्लिफ रेष्ट्रो एण्ड बारमा सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको व्यवस्थापनमा बसेर काम गर्ने कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो ।
तालिमको उद्घाटनको अवसरमा वागमति प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरेले संस्थालाई सुशासनको व्यवस्थापन र चलानीमा उच्च जिम्मेवारी रहनेबाट प्रशासनले समृद्धि, पारदर्शिता, र जवाफदेहीको सुनिश्चित गर्न महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभएको थियो ।
त्यस्तै गरी संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी संस्थाहरु खासगरी वित्तीय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो ।
उक्त तालिममा व्यवस्थापकको काम, कर्तव्य र अधिकार, भूमिका, आन्तरिक लेखापरीक्षण गर्ने विधि र प्रक्रियाहरु, सञ्चालक समितिको गठन र दायित्व, आन्तरिक लेखापरीक्षण प्रतिवेदनको ढाँचा र प्रस्तुतीकरण र व्यवस्थापनका विभिन्न विषयहरु समेटेर तालिम दिइएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुबाट विभिन्न विषयमा जिज्ञासाहरु राख्नुभएको थियो ।
उक्त ६ दिने तालिमलाई तेजप्रसाद बजगाईले सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
सूचनाहरू 