आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न
सहकारी संस्थाहपको क्षमता विकासको लागि आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा गत २०७८ जेष्ठ २० गते भर्चुअल रुपमा उक्त तालिम सम्पन्न गरिएको हो ।
कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी संघका नियमित कार्यक्रम अन्र्तगत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भौतिक उपस्थितिमा सञ्चालन गर्न नसकिएकाले तालिमलाई प्रविधिमार्फत सम्पन्न गरिएको हो । तालिमको मुख्य उद्देश्य सहकारी संघसंस्थाहरुको आन्तरिक नियन्त्रण प्रणालीलाई अझै वैज्ञानिक र समय सान्दर्भिक बनाउने रहेको थियो ।
तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका
रजिष्ट्रार विक्रम पाण्डेले ललितपुर बचत संघले हेर्दा सानो विषय भए पनि संस्था संचालनमा महत्वपूर्ण भूमिका राख्ने विषयमा तालिम आयोजना गरेकोमा बचत संघलाई धन्यवाद दिँदै तालिमबाट सिकेका कुराहरुलाई अक्षरस पालना गर्न
सहभागीहरुलाई सुझाव दिनुभयो । संघका अध्यक्ष रामहरि बजगाईँले सहकारी संस्थाहरुमा समस्या आउन नदिन व्यवस्थापनमा उचित ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले आन्तरिक नियन्त्रणको महत्वलाई सबैले अंगीकार गर्दै संस्थाको उचित व्यवस्थापनमा ध्यान दिनसमेत आग्रह गर्नुभयो । संघका व्यवस्थापक सन्तोष बजगाईँले कतिपय सहकारी संस्थाहरुमा आन्तरिक नियन्त्रण प्रभावकारी नहुँदा विभिन्न प्रकारका समस्याहप उत्पन्न भएको परिप्रेक्ष्यमा तालिमले यसलाई हल गर्न सहयोग गर्ने बताउनुभयो । तालिममा संस्था संचालनमा चुस्तता तथा प्रभावकारिता, जालसाजी तथा गल्तीको रोकथाम गर्ने तथा पत्ता लगाउने विधिहरु, जोखिम नियन्त्रणका विधिहरु, जिम्मेवारी, नियन्त्रण प्रणालीका प्रकृयाहरु आदि विषयहरु समावेश गरिएको बजगार्इँले जानकारी दिनुभयो । उक्त तालिमलाई वरिष्ठ चाटर्ड एकाउन्टेन्ट क्षितिज शर्माले सहजीकरण गर्नुभएको थियो ।
सूचनाहरू 