कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

संघको पञ्चवर्षिय रणनीतिक व्यावसायीक योजना निर्माण

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले पञ्च वर्र्षीय रणनीतिक व्यावसायिक योजना निर्माण गरिएको छ । संघका अध्यक्ष श्री रामहरि बजगाईज्यूको सभापतित्व एवं नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा ललितपुर बचत संघले रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । २०८० असार ७, ८ र ९ गते तीन दिन सम्म सञ्चालन भएको पञ्च वर्षिय योजना तर्जुमा गोष्ठी संघले पाँच वर्ष भित्र गरिने क्रियाकलाहरु तथा पाँच वर्षमा संघलाई कुन विन्दुमा पु¥याउने भन्नेमा केन्द्रीत रहेको थियो । संघले यस अघि तय गरेका ध्येय तथा परिकल्पनालाई परिमार्जन गरी सोको आधारमा संघले आफ्नो लक्ष्य तथा उद्देश्यहरु तय गरेको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले यस पञ्च वर्षिय व्यवसायिक गोष्ठीबाट तय गरेका कार्यक्रमहरु तथा योजनाहरुलाई समय सापक्ष रुपमा सम्पन्न गरिदै जाने प्रतिवद्धता व्यक्त गर्दै यसको लागि सञ्चालक समिति, सम्पूर्ण उपसमितिहरु लगायत कर्मचारीहरुले सक्रिय रुपमा भूमिका निर्वाह गर्ने बताउनुभयो । गोष्ठीको सहजीकरण वल्लभ तिमल्सिनाले गनुभएको थियो ।