कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर महानगरपालिका कार्यालयको आयोजना तथा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को संयोजनमा मिति २०८१ वैशाख २३ र २४ गते २ दिने व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाको व्यवस्थापनमा बसेर काम गर्ने कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो । 
तालिमको उद्घाटनको अवसरमा ललितपुर महानगरपालिकाका उद्योग तथा सहकारी शाखाका वरिष्ठ अधिकृत चन्द्रलाल डंगोलले संस्थालाई सुशासनमा चलाउन तथा साख जोगाउन व्यवस्थापनको उच्च जिम्मेवारी रहने साथै महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभएको थियो । त्यस्तै गरी संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी संस्थाहरु खासगरी वित्तीय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बजगार्ईले आग्रह समेत गर्नुभयो । 
उक्त तालिममा व्यवस्थापकको काम, कर्तव्य र अधिकार, भूमिका, आन्तरिक लेखापरीक्षण गर्ने विधि र प्रक्रियाहरु, सञ्चालक समितिको गठन र दायित्व, आन्तरिक लेखापरीक्षण प्रतिवेदनको ढाँचा र प्रस्तुतीकरण र व्यवस्थापनका विभिन्न विषयहरु समेटेर तालिम दिइएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुबाट विभिन्न विषयमा जिज्ञासाहरु राख्नुभएको थियो ।
उक्त २ दिने तालिमलाई कुवेर निरौलाले सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।